प्रिमियर लिगको नयाँ सिजनमा ब्रेन्टफोर्डले शानदार सुरुआत गरेको छ। सिजनको पहिलो खेलमा ब्रेन्टफोर्डले टोटनहम हट्स्परलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्रेन्टफोर्डले १२औँ मिनेटमा केन लुइस–पोटरको गोलबाट अग्रता लिएको थियो । ३३औँ मिनेटमा भिटाली यानेल्टले गोल थपेपछि ब्रेन्टफोर्ड पहिलो हाफमै २–० ले अघि रह्यो ।

दोस्रो हाफ सुरु भएको केही समयमै माइकल कायोडेले ४९औँ मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डको अग्रता ३–० बनाए । त्यसपछि थप गोल हुन नसक्दा ब्रेन्टफोर्डले तीन अंकसहित नयाँ सिजनको विजयी सुरुआत गर्‍यो ।

यता, रोबर्टो डे जर्बीको नेतृत्वमा टोटनहमले नयाँ प्रिमियर लिग सिजनको सुरुआत नै निराशाजनक हारबाट गरेको छ ।

प्रिमियर लिगकाे अन्य खेलकाे नतिजा:
हल सिटी २–० म्यानचेस्टर युनाइटेड
इप्सविच टाउन २–१ सन्डरल्यान्ड
एभर्टन २–० क्रिस्टल प्यालेस
नटिङ्घम फरेस्ट ०–१ लिड्स युनाइटेड
ब्रेन्टफोर्ड ३–० टोटनहम हट्स्पर

Leave a Reply

Your email address will not be published. Required fields are marked *