काठमाडाैं । एन्जल लर्ड १३औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भइरहेको प्रतियोगितामा एन्जल लर्डले स्वर्णिमलाई ४०–२४ ले पराजित ग¥यो । विजयी टिमका लागि केभिन चौलागाईंले १२ स्कोर गरे ।

सोही स्पर्धामा न्यु जेनिथले सम्पदा २०–१०, सनसाइनले इनोभेटिभलाई ४६–३०, रेडियन्ट पब्लिकले काठमाडौं जेभियरलाई ६७–४४, राइजिङ स्टारले ग्रिनफिल्ड ‘बी’ लाई ३३–२२ र काठमाडौं भ्यालीले अद्वित्यलाई ३८–१३ ले हराए । न्यु जेनिथका राज रौनियारले ८, सनसाइनका विशाल खड्काले १९, रेडियन्टका सुगम मगरले १६, राइजिङका प्रजापति प्रोहरले १४ र काठमाडौं भ्यालीका जिग्मे लामाले १२ अंक जोडे ।

सिनियर गल्र्समा स्वर्णिमले न्यु जेनिथलाई १४–७, रेडियन्टले ग्रिनफिल्डलाई २५–१४ र काठमाडौं भ्यालीले अरुणीलाई १२–६ ले पाखा लगाए । स्वर्णिमकी हिसी ल्हामु लामाले ५, रेडियन्टकी प्रेक्षा घिमिरेले १० र काठमाडौं भ्यालीकी दीपिका गिरीले ६ अंक बटुलिन् ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले काठमाडौं भ्यालीलाई २६–७, इनोभेटिभले केएससीएसलाई १६–४ र नेपालयले माइलस्टोनलाई १७–५ ले पन्छाए । एन्जल्स हार्टका सौरभ श्रेष्ठले १३, इनोभेटिभका सुमन सुनारले १० र नेपालयका कृतन बाँस्कोटाले ११ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *