दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १५ औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ ।
दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कात्तिक १८ देखि मंसिर १ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको छ ।
साफका महासचिव पुरुषोत्तम कट्टेलले फिफा विश्वकप २०२६ सम्पन्न भए लगत्तै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताएका छन् ।
प्रतियोगिताको आधिकारिक लोगो साउन ९ गते ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ त्यस्तै प्रतियोगिताको गोलाप्रथा साउन १६ गते भुटानको थिम्पुमा हुने साफले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा रहेकाले नेपालको प्रतियोगितामा सहभागिता भने अनिश्चित बनेको छ।
