काठमाडौं । साहसिक खेल तथा ट्रेल रनिङको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित टीएनएफ नाइट ट्रेल रन सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगितामा ३ सय १७ पुरुष र ८३ महिला गरी कुल ४ सय धावकले प्रतिस्पर्धा गरेका थिए भने ६ सयभन्दा बढी दर्शक तथा अतिथिको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको एलिएटतर्फ पुरुष विधामा सञ्जय तामाङ प्रथम, दिवाकर बुढा मगर दाेस्राे तथा ऋतुराग रोकाया तेस्राे भए । महिला एलिएटतर्फ मञ्जु सुनुवारले उपाधि जित्दा मेरी एगेन नोर्लोफ दोस्रो र छिरिङ ओङ्मु शेर्पा तेस्रो स्थानमा रहिन् ।

यस्तै, नियमिततर्फ पुरुष समूहमा फुरा छेतेन शेर्पा प्रथम, अनुराग रोकाया दाेस्राे तथा नवीन खड्का तेस्राे बने । महिला समूहमा गीता महर्जनले पहिलो स्थान हासिल गर्दा क्लारा बर्गग्रेन दोस्रो र अलेक्जान्ड्रा रिग्ली तेस्रो भइन् ।

एलिएट समूहका शीर्ष तीन विजेताले क्रमशः २००, १५० र १०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका थिए । सहभागी सबै धावकलाई फिनिसर पदक, ‘द नर्थ फेस’को टी–सर्ट तथा माउन्टेन म्यान इनर्जी बार प्रदान गरिएको आयोजकले जनाएको छ ।

निःशुल्क सहभागितामा आयोजना गरिएको प्रतियोगितामा प्यानल छलफल, सांस्कृतिक नृत्य प्रस्तुति तथा लाइभ सङ्गीत कार्यक्रमसमेत समावेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *