काठमाडौं । महेन्द्ररत्न क्याम्पस, ताहाचलको हिरक जयन्तीको अबसरमा आयोजित ५ किलोमिटर सडक दौडमा अजय पाण्डे र जनदेवी रोकाया पहिलो भएका छन् ।
विद्यार्थीको पुरुषमा अजय र महिलामा जनदेवी पहिलो भएका हुन् । पुरुषमा राजकुमार गोले दोश्रो तथा रोशन जाग्री तेश्रो भए । महिलामा जानकी माझी दोश्रो र पार्वती बुढा मगर तेश्रो बने ।
शिक्षकको पुरुषमा पूर्ण थापा पहिलो, भवानीप्रसाद मैनाली दोश्रो र डा. तारा दत्त पनेरु तेश्रो भए । सोही स्पर्धाको महिलामा कृष्णमाया श्रेष्ठ, तारा पौडेल र रोशनी खड्का क्रमशः शीर्ष तीन स्थानमा रहे ।
स्टाफतर्फ पुरुषमा पिताम्बर पंगेनी पहिलो, शम्भुप्रसाद अधिकारी दोश्रो र सुभाचल दाहाल तेश्रो भए । त्यसै स्पर्धाको महिलामा शारदा भण्डारीले पहिलो, सम्झना बुढाथोकी दोश्रो र तारा पनेरुले तेश्रो स्थानमा दौड टुंगाए ।
आयोजकका अनुसार दौडमा २ सय ५० प्रतिस्पर्धी सहभागी थिए । आयोजक क्याम्पस हाताबाट सुरु भएको दौड कालिमाटी, टेकु, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, बसन्तपुर, परोपकार स्कुल हुदै पुनः क्याम्पस हातामा आएर सम्पन्न भएको थियो ।
