काठमाडौं । लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. ले कराते खेलाडी सुमन तिमल्सिनालाई युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन प्रायोजन गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुली र सुमनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिता अमेरिकाको फ्लोरिडामा जुलाई २ देखि ४ तारिखसम्म हुनेछ । सम्झौता अनुसार प्रतियोगतिामा सहभागी हुन लनर्सले दुईतर्फी हवाइट टिक उपलब्ध गराउने सुमनले बताए । सुमन लनर्सका ब्रान्ड एम्बासडर पनि हुन् ।
सुमनले प्रतियोगितामा पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । सुमनले २०२३ मा भएको यसै प्रतियोगितामा स्वर्ण जितेका थिए ।
लनर्सले २०२२ मा जर्मनीमा भएको चिमनिज ओपन करोतमा पनि सुमनलाई प्रायोजना गरेको थियो । उक्त प्रतियोगितामा पनि सुमनले स्वर्ण जितेका थिए ।
