काठमाडाैं । एन्जल्स हार्ट नेसनल स्कुलले युएस ओपन आईएसकेए विश्व मार्सल आटर्ट च्याम्पियनसिपका पदक विजेता करातेका सुमन तिमिल्सिनालाई मंगलबार नगद ३० हजारसहित सम्मान गरेको छ । 

अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगताको पुरुष एकल कातामा सुमनले कांस्य जितेका थिए । सुमनलाई एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टक थापा, सेकेन्डरी को–ओर्डिनेटर इमकुमारी गुरुङ, प्राइमरी को–ओर्डिनेटर श्रृजना बस्नेत र प्रि प्राइमरी को–ओर्डिनेटर सिमरन डंगोल महर्जनले सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *