सुमनलाई कांस्य पदक

२०८३, २० असार शनिबार २०:०२

काठमाडौं ।  नेपाली कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आट्र्स च्याम्पियनसिपमा कांस्य जितेका छन् ।

अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा कांस्य जितेका हुन् ।

मेक्सिकोले स्वर्ण तथा अमेरिकाले रजत जित्दा अर्को कांस्य जर्मनीले हात पार्यो ।

सुमनले २०२३ मा भएको यसै प्रतियोगितामा भने स्वर्ण जितेका थिए ।

अमेरिका यात्राका लागि लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. ले सुमनलाई हवाइट टिकट प्रायोजन गरेको छ ।

लनर्सका प्रबन्धक सुदिप छत्कुली पनि सुमनसंगै अमेरिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *