ब्रदर फुटबल क्लब सेमिफाइनलमा

२०८३, २ जेष्ठ शनिबार २२:००

मिक्लाजुङ (मोरङ) । साखरे युवा फुटबल क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा ब्रदर फुटबल क्लब, मिक्लाजुङ, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार साखरे स्कुलको खेल मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा सगरमाथा युवा क्लब, जाँँते, मोरङलाई ५-३ को गोल अन्तरले पराजित गर्दै ब्रदर सेमिफाइनल प्रवेश गरेको हो ।

ब्रदरको जितमा मनोज तामाङले ह्याट्रिक गर्दा संयोग गौतमले र मन्दिप तामाङले समान १-१ गोल गरे । सगरमाथाका लागि नियन मगर, सुमित मगरले र सन्देश राईले समान १-१ गोल गरे ।

खेलको म्यान अफ दि म्याच ब्रदरका मनोज तामाङ घोषित भए । प्रतियोगितामा भोलि आइतबार गोर्खाल्याण्ड फुटबल क्लब, गछिया, मोरङ र आयोजक साखरे युवा क्लब, मिक्लाजुङ, मोरङबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

जेठ ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *