एएफसी च्याम्पियन्स लिग टु २०२५–२६ को फाइनलमा जापानको गाम्बा ओसाकाले साउदी अरेबियाको अल नासरलाई १–० ले पराजित गर्दै उपाधि जितेको छ ।
कडा प्रतिस्पर्धात्मक खेलमा गाम्बा ओसाकालाई जित दिलाउने निर्णायक गोल डेनिज हुमेटले ३०औँ मिनेटमा गरेका थिए । पहिलो हाफमै गरिएको उक्त गोल नै खेलको निर्णायक बन्यो ।
दोस्रो हाफमा अल नासरले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि गाम्बा ओसाकाको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगायो ।
निर्णायक जितसँगै गाम्बा ओसाकाले एएफसी च्याम्पियन्स लिग टुको उपाधि आफ्नो नाममा लेखाएको छ । यस्तै, किस्टियानाे राेनाल्डाे फेरि यसफटक पनि उपाधि विहिन भएका छन् ।
