काठमाडौँ । जित कुन्डाे मार्सल आर्ट एसोसिएसन भारतको हुने इन्डो-नेपाल एसडीटी स्ट्रिट डिफेन्स प्रतियाेगितामा नेपाल जित कुन्डाे टाेली सहभागी हुने भएको छ । उक्त प्रतियोगिता भारतको मुम्बईमा आगामी मे २२, २३ र २४ तारिखमा आयोजना हुनेछ ।
प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल जित कुन्डाे मार्सल आर्ट संघका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवबहादुर थापाको नेतृत्वमा टोलीले सहभागिता जनाउनेछ । रेफ्रीको जिम्मेवारी दीपेन्द्र श्रेष्ठ र कुमार बस्नेतले सम्हाल्नेछन् । टोली व्यवस्थापक टोखा नगरपालिका खेलकुद विकास समितिका सदस्य सविन श्रेष्ठ रहनेछन् ।
यसैगरी, पुरुष खेलाडीको रुपमा विजय थापा, विवेक थापा, आयुष श्रेष्ठ, सञ्जीव माझी, पितम्बर मगर र राजेन्द्र थापा छनोट भएका छन् । यस्तै महिला खेलाडीको रुपमा निर्मला मगर, जमुना बिके, सारिका नेपाली, फुमिको तामाङ र निलम कोइराला रहने भएका छन् । टोलीको स्वास्थ्य सेवाका लागि डा. सृजना खड्का (नर्स) रहनेछिन् ।
