आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन् ।

सुपर-८ को समूह ‘दुई’ बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’ बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ ।

समूह ‘एक’ को दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेको छ भने आज साँझ हुने भारत र वेस्ट इन्डिजको खेलमा विजयी टिम सेमिफाइनल पुग्नेछ । पराजित टिम भने विश्वपको सुपर-८ बाटै बाहिरिने छ ।

भारत र वेस्ट इन्डिजको खेल आइतबार साँझ ७ः१५ बजे भारतको इडेन गार्डेन मैदानमा सुरु हुँदैछ ।

आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी-२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ ।

आज नै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन् । यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा दिल्लीमा सुरु हुँदैछ ।

सेमिफाइनलमा प्रवेश गरिसकेको र विश्वकपबाट बाहिरिएको टिमको प्रतिस्पर्धा भएकाले यो खेलमा भन्दा आजको दोस्रो खेलमा दर्शक र क्रिकेट समर्थकको चासो रहेको छ ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *