साउदी प्रो लिगअन्तर्गत सम्पन्न खेलमा अल नासरले अल फैहामाथि ३-१ काे रोमाञ्चक जित निकालेको छ ।

सुरुवातमा दबाबमा देखिएको अल नासरले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो । जितसँगै अल नासर २४ खेलबाट ६१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको ११औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीको अवसर गुमाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अब्दुलेलाह अल-अम्रीबाट आत्मघाती गोल भएपछि अल फैहाले अग्रता लिएको थियो ।

७२औँ मिनेटमा साडियो मानेले बराबरी गोल गरे । त्यसको आठ मिनेटपछि अल फैहाका गोलकिपर ओरलान्डो मोस्क्वेराबाट आत्मघाती गोल भएपछि अल नासरले २–१ को अग्रता बनायो । ८५औँ मिनेटमा अब्दुल्लाह अल-हमदानले गोल थप्दै जित सुनिश्चित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *