एन्फा राष्ट्रिय लिग अन्तर्गत आठौँ साताको खेलमा एपीएफ क्लब दुई पटक अग्रता बनाए पनि जित सुरक्षित राख्न नसक्दा नेपाल पुलिस क्लबसँग अंक बाँड्न बाध्य भएको छ ।

एपीएफका लागि प्रदिप लामाले दुवै गोल गरे भने पुलिसका ओसेन्द्र कटुवाल र शिशिर चौधरीले समान एक–एक गोल गरे ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको १०औँ मिनेटमा प्रदिप लामाको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । तर २७औँ मिनेटमा शिशिर चौधरीले गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफमा पनि एपीएफले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा खेल २–२ को बराबरीमा टुंगिएको हो ।

यो बराबरीसँगै एपीएफले ८ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ भने पुलिसको समान खेलबाट ८ अंक पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *