विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा विष्णु डंगोल पुनः सर्वसम्मत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न ट्रष्टको तेस्रो वार्षिक साधारणसभाले डंगोलको नेतृत्वमा आगामी दोस्रो कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रल्हाद बस्नेत, महासचिवमा प्रवेश बानियाँ क्षेत्री, सचिवमा राजनकुमार खड्का र कोषाध्यक्षमा जितेन्द्रकुमार साह चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरूमा राजेश व्यञ्जनकार, नरेश थापा, राजीव थापा, दीपेन थापामगर, कृष्णबहादुर राई, सुभाष घिमिरे, राजनराज बाँना र ज्योति कुमारी महतो रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष डंगोलले आफ्नो अघिल्लो कार्यकालका अनुभवलाई समेट्दै आगामी दिनमा मिल्स गोल्डकपलाई थप उचाइमा पुर्याउने र फुटबल खेलको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
