इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले क्लबका पूर्व स्टार डेविड बेकहम को पुरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका छन् ।

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका फर्नान्डेसले यस सिजन १६ असिस्ट पुर्‍याउँदै म्यानचेस्टर युनाइटेडका लागि एकै सिजनमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

यसअघि उक्त कीर्तिमान डेविड बेकहमको नाममा रहेको थियो, जसले १९९९–२००० सिजनमा १५ असिस्ट गरेका थिए ।

फर्नान्डेसले लगातार उत्कृष्ट पासिङ र खेल नियन्त्रणमार्फत टोलीका लागि महत्वपूर्ण गोल अवसर सिर्जना गर्दै आएका छन् । कप्तानको रूपमा पनि उनले टोलीलाई नेतृत्व गर्दै महत्वपूर्ण योगदान दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *