रामधुनी (सुनसरी) । सुनसरीको रामधुनी आजदेखि तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार भएको उद्घाटन तथा प्रथम क्वाटरफाइनल खेलमा नब युवा क्लब, मोरङलाई १–० गोलले हराउँदै आयोजक पंचायन फुटबल क्लब (निलो), रामधुनी, सुनसरी सेमिफाइनलमा पुग्न सफल भयो ।
पंचायनका अनिश राजधामीले दोस्रो हाफको १९औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि अनिश नै चुनिए । उनले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सांंसद बिजय कुमार राईले गरे । प्रतियोगिताअन्तर्गत शनिबारको दोस्रो क्वाटरफाइनल खेल आर. एफ. सी. ,धरान, सुनसरी र बेतना युनाईटेड, बेलबारी, मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
पंचायन फुटबल क्लब, रामधुनी, पंचायन, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
