अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा मौरिटानियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै दुई गोल गरेको अर्जेन्टिनाले अन्तिम समयमा एक गोल खाए पनि जित हासिल गर्न सफल भयो ।
अर्जेन्टिनाका लागि १७औँ मिनेटमा एन्जो फर्नान्डेजले पहिलो गोल गरेका थिए । त्यसपछि ३२औँ मिनेटमा निको पाजले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा जोर्डन लेफोर्टले एक गोल फर्काउँदै अन्तर घटाए पनि त्यसले नतिजा परिवर्तन गर्न सकेन । अन्ततः अर्जेन्टिनाले २–१ को जित हात पार्दै खेल समाप्त गर्यो ।
