एन्फा राष्ट्रिय लिग अन्तर्गत आइतबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धामा मच्छिन्द्रले जावलाखेललाई २–० ले पराजित गरेकाे हाे ।
यस जितसँगै मच्छिन्द्रले आठ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
मच्छिन्द्रको जितमा विदेशी खेलाडी जोनाथन इडुआरडो नायक बने । उनले खेलको ३३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्तिम मिनेटमा अर्को गोल थप्दै व्यक्तिगत दुई गोल पूरा गरे र मच्छिन्द्रको जित पक्का गरे ।
