काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको चौथो दिन लिग चरणअन्तर्गत छात्र र छात्रातर्फ समान तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । छात्रतर्फको पहिलो खेलमा निष्ट स्कुल ‘बी’ ले केएमसी स्कुललाई २२–२ ले पराजित गर्यो । अर्को खेलमा पाठशाला फाउन्डेसन नेपालले निष्ट ‘ए’ लाई १५–२ ले हरायो ।

दिनको अन्तिम खेलमा द एक्सेल्सियर स्कुल आरआईबीएस स्कुलसँग ८–४ ले पराजित भयो । छात्रातर्फको पहिलो खेलमा एलआरआई स्कुल इनोभेटिभ इङ्लिस स्कुलसँग ३०–७ ले पराजित भयो । जेनियन नेसनल एकेडेमीले ह्विटफिल्ड सेकेन्डरी स्कुललाई ११–४ ले हराउँदा दिनको अन्तिम खेलमा नवज्योतिले निष्टलाई ३०–४ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *