बाँके । कोहलपुर गोल्डकपको चौथो संस्करण वैशाख १९ गतेदेखि हुने भएको छ ।
२६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बाँकेको कोहलपुरमा आयोजना हुने छन् ।
गोल्डकपमा ८ टिमको सहभागिता रहने छ । जसमा विदेशी २ वटा ए डिभिजन क्लब ३ वटा मोफसलका २ वटा र आयोजकको एउटा टिम हुने छ ।
पश्चिम नेपालको प्रमुख फुटबल प्रतियोगिताको रुपमा रहेको कोहलपुर गोल्डकपको उपाधि विजेताले नगद ८ लाख रुपैयाँ प्राप्त गर्दा उप विजेताले ४ लाख रुपैयाँ पाउने छ ।
खेलकुद मार्फत पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य सहित आयोजना गर्न लागिएको यस प्रतियोगितालाई सफल बनाउन कोहलपुर गोल्डकपका कार्यक्रम संयोजक कर्ण बहादुर बस्नेतले जानकारी दिए ।
