रामधुनी (सुनसरी) । तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीलाई २–१ गोलले पराजित गर्दै तालतलैया क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  

तालतलैयाको जितमा संजय लिम्बु र राजु मगरले समान १-१ गोल गरे भने न्यु स्टारले आत्माघाती गोल उपहार पाएको थियो । खेलको म्यान अफ दि म्याच तालतलैयाका हेमन लिम्बु घोषित भए । उनले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबारको दोस्रो प्रिक्वाटरफाइनल खेल मधेशा फुटबल क्लब, इनरूवा, सुनसरी र राष्ट्रिय जागृती क्लब, इटहरी, सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

पंचायन फुटबल क्लब, रामधुनी, पंचायन, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *