सुनसरी । सुनसरीको दुहबीमा आजदेखि ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा मेमोरी युवा क्लब, दुहबी, सुनसरीले विजयी सुरुआत गरेको छ । मेमोरी युवा क्लबले आइतबार सहलेश युवा क्लब, सिरहालाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा सलहेशका एनिसेटले ७०औं मिनेटमा गोल गर्दै क्लबको खाता खोलेका थिए । तर, ७५औं मिनेटमा श्याम मुर्मुले मेमोरीका लागि बराबरी गोल फर्काए । त्यसको ३ मिनेटपछि नै हेमन्त लिम्बुले निर्णायक गोल गर्दै मेमोरीलाई २–१ को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच मेमोरीका श्याम मुर्मु घोषित भए । उनलाई उद्घाटन समारोहका प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगद ५ हजार सहित मेडल प्रदान गरे ।

भोलि सोमबारको दोस्रो खेल आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा, सुनसरी र आर.आइ.एफ.सि, काठमाडौंका बिच हुने आयोजकले जनाएको छ ।

फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले आकर्षक पुरस्कार पाउने आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *