पथरी । मोरङको पथरीमा जारी दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगितामा पथरी भेट्रान्स (रातो) सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा सुनसरीको इटहरी भेट्रान्सलाई ४-१ ले पराजित गर्दै पथरी अन्तिम चारमा प्रवेश गरेको हो ।

पथरीको जितमा सुर्य सिवाले दुई तथा प्रकाश थापा र जोगेश चौधरीले १-१ गोल गोल गरे । इटहरीका लागि एक मात्र गोल लिले मगरले गरे ।

खेलमा अग्रता भने इटहरीले लिएको थियो । खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा पथरीले थप तीन गोल गर्यो ।

खेलको म्यान अफ दि म्याच पथरीका याम अगर घोषित भए । उनले दुई हजार नगद सहित मेडल प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार मिल्स भेट्रान्स, बिराटनगर र उर्लाबारी भेट्रान्सबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

पथरी शनिश्चरे भेट्रान्स एफसीको आयोजनामा जारी प्रतियोगितामा मोरङ र झापाका गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ एक सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *