त्रिभुवन आर्मी क्लबले आइतबार श्री भगवती क्लबमाथि ३-१ को जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे । भगवतीका लागि एक मात्र अजित लामाले गरे ।
अजितले खेलको १२औं मिनेटमा गोल गर्दै भगवतीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३४औं मिनेटमा जिलेस्पीले आर्मीका लागि बराबरी गोल फर्काए ।
५७औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । त्यसपछि नवयुगले इन्जुरी समयको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित पक्का गरे ।
जितसँगै ५ खेलबाट ११ अंक बनाएको आर्मी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित श्री भगवती क्लबले भने ५ खेलबाट ४ अंक जोडेको छ ।
