साफ यु–२० महिला च्याम्पियनसिपमा आयोजक राष्ट्र समेत रहेको नेपालले पहिलो जित हात पार्दै फाइनल प्रवेशको सम्भावना कायम राखेको छ ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरेको हो । नेपाललाई जित दिलाउन संगिता बडुवाल र प्रजिता राईले १-१ गोल गरे ।

खेलको ३५औं संंगिता बडुवालले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । ६९औं मिनेटमा बैकल्पिक खेलाडी प्रजिताले नेपालका लागि दोस्रो गोल गरिन् । भुटानका लागि ८७औं मिनेटमा सोनाम छोडेनले एक गोल फर्काइन् ।

यस जितसँगै नेपालले ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो भने भुटानले बंगलादेशसँग १२–० को हार व्यहोरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *