इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले अग्रता ८ अंकमा पुर्‍याएको छ । आइतबार राति भएको खेलमा इन्टरले क्रेमोनेसलाई उसैको मैदानमा २–० गोलअन्तरले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन कप्तान लौटारो मार्टिनेज र पिओर्ट जिलिस्कीले १-१ गोल । दुबै गोल पहिलो हाफमा भएको थियो ।

खेलको १६औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा जिलिस्कीले इन्टरका लागि दोस्रो गोल गरे ।

यस जितसँगै इन्टरले २३ खेलमा ५५ अंक जोडेको छ । इन्टर दोस्रो स्थानको एसि मिलान भन्दा ८ अंकले अघि रहेको छ । तर, मिलानले एक खेल कम खेलेकाे छ । पराजित क्रेमोनेस २३ खेलमा २३ अंकका साथ १५औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा पार्मामाथि ४–१ को सहज जित निकाल्दै युभेन्ट्स चौथो स्थानमा उक्लियो । २३ खेलबाट युभेन्ट्सले ४५ अंक जोड्यो । पराजित पार्मा भने २३ खेलबाट २३ अंकका साथ १६औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *