मनाङ मर्स्याङदी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किमबाट आएको थन्डरबोल्ट नर्थ युनाइटेडलाई १-० ले पराजित गरेर मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । मनाङको जितमा १०६औँ मिनेटमा आशिष क्षेत्रीले गोल गरेका हुन् ।

खेलको म्यान अफ दि म्याच पनि आशिष नै चुनिए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । भोली (मंगलबार) बिदेशी टोली आभा एफसी उज्बेकिस्तान र प्लानिङ ब्वाइज युनाइटेडबीच चौथो तथा अन्तिम सेमीफाइनल खेल हुनेछ ।

फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *