साफ यु-१९ च्याम्पियनसिप २०२६ का लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सुमन श्रेष्ठले शुक्रबार ६७ सदस्यीय टोली घोषणा गरेका हो ।
एन्फाले छनोट सूचीमा परेका सबै खेलाडीलाई आइतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा उपस्थित हुन अनुरोध गरेको छ । उनीहरूबीच हुने छनोट खेलपछि अन्तिम टोली तय गरिनेछ ।
प्रतियोगिता आगामी जनवरी ३१ देखि देखि फेब्रुअरी ७ सम्म पोखरामा आयोजना हुँदैछ ।
नेपालको प्रारम्भिक टोली
अलिजाकुमारी विक, अलिजा विक, अमिता रानामगर, एन्जल स्याङ्बो, अंशु विक, अनु माझी, आशिका कार्की, अस्मिता मगर, आयुषा गुरुङ, आयुषा रेम्ली, बबितिका कार्की, वर्षा वली, भूमिका बुढाथोकी, भूमिका केसी, विनीता चेपाङ तामाङ, बिनु कुँवर, विपना परियार, डिकी स्याङ्बो तामाङ, दीक्षा रायमाझी, फुलमाया स्याङ्बो, ज्ञान्शु डोल्मा, इशा चौधरी, जेसिका लामा, झरना डम्राकोटी, जोस्ना श्रेष्ठ, कल्पना जिम्बा, कृपा दाहाल, कृतिशा तामाङ, ममता रुम्बा र मनीषा श्रेष्ठ, मञ्जु माया दोङ, मञ्जु तामाङ, माया मास्के, मिनमाया श्रेष्ठ, नन्दीका थापा, निर्मला आचार्य, निर्मला विष्ट, निशा भट्टराई, परिशा चौधरी, प्रजिता राई, प्रमिशा कार्की, पूजा गिरी, पूर्णिमा घले, पूर्णिमा ताडी र पुष्पा थापामगर, रविना बराम, रविना विक, रस्मिला चौलागाईं, रेजिना लामा, ऋतिका कार्की, सबनाम राई, सहारा लिम्बू, सलोनीकुमारी चौधरी, संगिता अधिकारी, संगिता मल्ल, सरिना रसाइली, सेनु परियार, सिजल राउत, सोनिया राई र सृजना बडुवाल, सुमी हाङ्मा, सुस्मिता केसी, तृप्ति कपाडी, तुलसा बोहरा, उषा गुरुङ, यमकुमारी विक र यशोदा बोहरा ।
