विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स यू–१८ अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधिका लागि मेरिल्यान्ड कलेज र कान्तिपुर कलेज भिड्ने भएका छन् ।

विराटनगरस्थित सहिद रंंगाशालामा बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा मेरिल्यान्ड कलेजले ग्रिनल्यान्ड कलेजलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । मेरिल्यान्डको जितमा विक्की माझीले दुई गोल तथा दिक्षान्त माझीले एक गोल गरे ।

बिहिवारै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कान्तिपुर कलेजले पशुपति स्कुललाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । कान्तिपुरलाई जित दिलाउन सिध्दार्थ गुरुङले तीन गोल गर्दै ह्याट्रिक गरे ।

फाईनल खेलमा भोलि शुक्रबार हुने आयोजकले बताएको छ ।एसियन पेन्ट्सको आयोजनामा जारी प्रतियोगितामा कुल २२ टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *