काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले न्युटनलाई ३५–२१ ले पराजित गर्यो । भ्याली पब्लिककी दृष्य गुरुङले १६ अंक जोडिन् । फेरिल्यान्डले तेजस्वी एकेडेमीलाई ३४–२० ले हरायो ।
फेरिल्यान्डकी खुशबु मगरले १० स्कोर गरिन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा न्युटन र मार्वलसले उपाधि भिडन्त पक्का गरे । न्युटनले भ्याली पब्लिकलाई ८०–७१ ले पाखा लगायो ।
न्युटनका लागि युनिक कार्कीले सर्वाधिक ३५ अंक बटुले । मार्वलसले पारामाउन्ट एकेडेमीको चुनौती ६३–३० ले सहजै पन्छायो । मार्वलसका सिनेप शाहीले १६ अंक जोडे । जुनियर ब्वाइजमा एन्जल्स हार्ट र जेबी स्कुल उपाधिका लागि खेल्ने भएका छन् । एन्जल्स हार्टले सेबमाथि २१–२० को कठिन जित दर्ता गर्यो ।
एन्जल्स हार्टका सौरव श्रेष्ठले ११ स्कोर गरे । लालीगुराँस नेसनल एकेडेमी विरुद्धको खेलमा जेबी २२–१३ ले विजयी भयो । जेबीका रुपेश तामाङले १२ अंक जोडे ।
