पुष्पसदनलाई सफलता

२०८२, १८ माघ शनिबार २०:०४

काठमाडौं । पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सफलता हात पारेको छ । स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्यो ।

पुष्पसदनका सम्राट लामाले २४ अंक जोडे। सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकल ओरेकल रेलाई ५७–३६ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानेले १४ स्कोर गरे ।

सिनियर गर्ल्समा रेडियन्ट पब्लिकले बाल दीक्षालाई २१–९, एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ र चाँदबागले न्यु जेनिथलाई २९–९ ले पाखा लगाए । रेडियन्टकी सेजल रोक्काले ९, एक्सेल्सियरकी सीमा थापा मगरले ७ र चाँदबागकी सौर्य बाराकोटीले ६ अंक बटुले ।

फुटसल:

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–९ मा एक्सेल्सियर (रेड) ले एक्सेल्सियर (ग्रिन) लाई १०–१ तथा एक्सेल्सियर (नीलो) ले एक्सेल्सियर (ग्रिन) लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरे ।

यु–११ रिब्सले बोधीसत्वलाई ७–०, राई स्कुलले बोधीवृक्षलाई ४–० र राई स्कुलले रिब्सलाई १–० गोलले हराए । यु–१३ मा कोहिनुर र रेडियन्ट पब्लिक तथा रेडियन्ट पब्लिक र बोधीसत्वबीचको खेल बराबरीमा सकियो ।

दुवै खेल १–१ गोलको बराबरीमा टुंगियो । यु–१६ मा एक्सेल्सियर (नीलो) ले रेडियन्ट पब्लिकलाई ६–२, किड्स लर्निङले बोधीसत्वलाई २–० र न्यु अरुणोदयले रेडियन्ट पब्लिकलाई ५–० गोलले हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *