इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।
आईतवार म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलको ४२औं मिनेटमा तिज्जानी राइन्डर्सले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए ।
तर, इन्जुरी समयको चौथो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १-१ बराबरीमा ल्याए ।
यो नतिजापछि म्यानचेस्टर सिटी ४२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । तर शीर्ष स्थानमा आर्सनलभन्दा ६ अंक पछाडि छ । चेल्सी ३१ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।
आइतबारै सम्पन्न अन्य खेलमा लिभरपुल फुलहमसँग २–२ को बराबरीमा रोकिदा टोटनहम र सन्डरल्यान्डले पनि १–१ को बराबरीमा खेले । यस्तै न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० र ब्रेन्टफोर्डले एभरटनलाई ४–२ ले हरायो ।
