ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को दोश्रो दिन भएको पुरुष एकल तर्फको खेलमा सप्तरीका बिष्णु कटुवाल र नेपाल पुलिसका सुनिल जोशी प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
प्रिक्वाटर प्रवेश गर्ने क्रममा कटुवालले पुलिसका भविश थापालाई २१-१६, २१-१२ को सोझो सेटमा तथा जोशीले आर्मीका बिवेक चौधरीलाई १५-२१, २१-१२, २५-२३ को कठिन जित निकाले ।
ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको पुरुष तर्फकै अन्य खेलमा जित हात पार्दै प्रिक्वाटरफाईनल प्रवेश गर्ने क्रममा एपिएफका भोजराज गुरुङ्गले आर्मीका लक्ष्मण राना मगरलाई २१-१९, २१-१०, पुलिसका जीवन आचार्यले लभ ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिनलाई २१-१२, २१-१०, आर्मीका अभय महराले पुलिसका सक्षम ढकाललाई २१-१०, २१-१२, एपिएफका देवराज रानाले पुलिसका हिराबहादुर राईलाई २१-१०, २१-१६, आर्मीका बिधान अधिकारीले किर्तिपुर ब्याडमिन्टन क्लबका किर्तन महर्जनबाट वाकओभर, पुलिसका कविर के.सी.ले आर्मीका सुप्रिम पन्तलाई २१-११, २१-१७, एपिएफका क्षितिज खनालले तीनचुलीका सुनिल कार्कीलाई २१-१४, २१-११, नरेन्द्र बलमे पुलिसका अनिल मल्ललाई १९-२१, २४-२२, २१-११ को सेटमा परातिज गरे ।
यसैगरि पुलिसका दीपकबहादुर बोहरा, ओखलढुङ्गाका टिकाध्वज राई, पुलिसका पूर्ण थापा, जोन जसराज र नरेन्द्र लिम्बु तथा सेनाका प्रफुल महर्जन पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए । बोहराले गोर्खाका मुकुल गुरुङ्गलाई २१-१६, २१-१७, राईले ललितपुरका पुजन चित्रकारलाई २१-१८, २१-२३, २२-२०, थापाले आर्मीका सुविन श्रेष्ठ (ए)लाई २२-२०, १९-२१, २१-१५, जसराजले एपिएफका शिसिर रानालाई २१-१२, २१-१५, लिम्बुले आर्मीका सौर्य महर्जनलाई २१-१६, २१-९ र महर्जनले फिटनेश स्पोर्टसप्लेक्सका प्रियान्सु क्षेत्रीलाई २१-१९, २१-१४ ले पराजित गरेका हुन् ।
नेपाल ब्याडमिन्टन संघको र्याङ्किग प्राप्त प्रतियोगिताको यु १७ पुरुष एकल तर्फको खेलमा आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै आर्मीका सुदेश राजकोटी, मधवालिया ब्याडमिन्टन क्लबका बिवेक अधिकारी, पुलिसका रिशव राई, आर्मीका प्रतिक बिष्ट, कस्तुरी कलेजका मिशेक लिम्बु, आईबिएससीका आदित्य कुमार, आर्मीका रिजन मगर र भिन्छेबहालका एलेन डङ्गोलले पनि प्रिक्वारमा स्थान बनाए ।
सुदेशले बालकुमारी रिमिक्सका सक्षम शाक्यलाई २१-७, २१-१४, बिवेकले योङ्गस्टारका आयुष धाख्वालाई २१-५, २१-७, रिशवले बालकुमारी रिमिक्सका हर्चबर्धन राठीबाट वाकओभर, प्रतिकले पिस फिटनेश सेन्टरका सुदेश थापालाई २१-५, २१-७, मिशेकले आईबिडिसीका अक्षत ढुङ्गेललाई २१-१३, २१-१२, आदित्यले सिन्धुपाल्चोकका संदीप श्रेष्ठबाट वाकओभर, रिजनले किर्तिपुर ब्याडमिन्टन क्लबका शामन्त भद्र बज्राचार्यलाई २१-१५, २३-२१ र एलेनले देवीनगर सुभाङ्ग आचार्यलाई २१-१५, २१-१४ ले पराजित गर्दै प्रिक्वाटर पुगेका हुन् ।
यसैगरि नखिपोटका सुनिहाङ्ग राईले मनोहराका प्रणव आचार्यलाई २१-११, २१-४, आर्मीका सदीप राईले देवीनगरका तसत ढकाललाई २१-१२, २१-१४, फिटनेपाल स्पोर्टस्प्लेक्सका सक्षम गुरुङ्गले कस्तुरी कलेजका मिशेक चोङ्गवाङ्गबाट वाकओभर, एपिएफका शिशिर रानाले योङ्गस्टारका सविन शाक्यलाई २१-५, १८-२१, २१-७, बालकुमारी रिमिक्सका सक्षम मान शाक्यले भिन्छेबहालका रेभाश बज्राचार्यलाई १२-२१, २१-१४, २१-१०, लभ ब्याडमिन्टन एकेडेमीका पप्पु पालले आईबिएसीका प्रिन्स थापा मगरलाई २१-१०, २१-९, चितवनका हिमाल क्षत्रीले देवीनगरका उज्वल चौधरीलाई २१-१, २१-२ र आर्मीका सौर्य महर्जनले बालकुमारी रिमिक्सका सिरस बज्राचार्यलाई २१-२, २१-६ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे ।
पुरुष युगल तर्फ आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी, सूर्यदर्शन ब्याडमिन्टन क्लबका दीपक राना र लक्ष्मण मल्लको जोडीले पनि जित निकाल्दै प्रिक्वाटरमा पुगे । महर्जन जोडीले बालकुमारी रिमिक्सका श्याम सरण महर्जन र सुजीप महर्जनको जोडीलाई २१-८, २१-९ ले र राना र मल्लको जोडीले आर्मीका नरेन्द्र बम र सुविन श्रेष्ठको जोडीलाई २१-१६, २५-२३ ले पराजित गरेका हुन् ।
यसैगरि तीनचुलीका निश्चल खत्री र फिटनेपाल स्पोर्टस्प्लेक्सका प्रियान्सु क्षेत्रीको जोडीले ललितपुरका सुयोग खवास र प्रतिक शाक्यको जोडीलाई २१-९, २१-१० ले र आर्मीका बिवेक चौधरी र नखिपोटका नेल्सन राईको जोडीले पुलिसका अनिल मल्ल र पूर्ण थापाको जोडीलाई २१-१८, १५-२१, २१-१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनल पुगे ।
