उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत मंगलबार भएको बास्केटबल खेलमा शिक्षादिप कलेज र विकेभिएम कलेज फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा शिक्षदिप कलेजले कोवास कलेजलाई ४३–११ को स्कारले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । शिक्षादिपले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै समुह उप–विजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।  पराजित कोबासले खेलको ३ खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।  खेलको प्लेयर अफ द म्याच शिक्षादिपका प्रिन्स राउत घोषित भए ।  

लिगको अन्तिम खेलमा विकेभिएम कलेजले अरिनिको कलेजलाई ४५–२५ को स्कारेले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लगातार ३ खेलमा विजयी हुँदै समुह विजेता बन्दै विकेभिएम फाइनलमा प्रवेश गरेको हो । पराजित अरनिको ३ खेलमा १ खेलमा जित र  २ खेलमा पराजित भई समुहमा तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका सक्षम गुप्ता घोषित भए ।

बास्केटबलमा ४ वटा कलेजले मात्र सहभागि भएका कारण लिगको आधारमा खेल खेलाइएको थियो । लिगमा टप टुमा पर्नै टिमले फाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *