काठमाडौं । भ्याली पब्लिक र ह्वाइट हेभेन पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार विजयी भएका छन् ।

भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३३-२२ ले पराजित गर्यो । भ्याली पब्लिककी सुनमाया तामाङले ११ अंक जोडिन् । दोहोरो जित निकालेको ह्वाइट हेभेनले राई स्कुललाई १३–८ तथा आयोजक केभीकेएसएस ‘बी’ लाई १०–५ ले हरायो ।

विजयी टिमका लागि प्रविना तामाङले क्रमशः १२ र ६ अंक जोडिन् ।बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले पारामाउन्ट एकेडेमीलाई ३०-१६, ल्यान्डमार्क एकेडेमीले हिमशिलालाई १६-१४, इडेन ब्रिज एकेडेमी (इबीए) ले काठमाडौं युरोलाई २६-१४, राई स्कुलले ज्ञानोदयलाई १४-१० र केभीकेएसएस ‘सी’ ले जेबी स्कुललाई २६-२१ ले पाखा लगाए ।

बीएनएकी पूर्णिमा नेपालीले १२, ल्यान्डमार्ककी अन्जली राईले ९, इबीएकी मेनुका मगरले ९, राईकी दिछेन शेर्पाले ६ र केभीकेएसएस ‘सी’ की चेलिसा गुरुङले १४ स्कोर गरे । समूह चरणका सम्पूर्ण खेल बुधबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *