विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङको आयोजनामा भईरहेको हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत सोमबार सम्पन्न खेलमा मेरिल्याण्ड कलेज, होली चायल्ड कलेज र कोशी मोडल कलेजले जित हात पारेका छन् ।
विराटनगरस्थित सहिद रंगाशालामा भएको पहिलो खेलमा मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । मेरिल्याण्डको जितमा प्लेयर अफ द म्याच निसान राईले २ गोल, निवेश श्रेष्ठ, निशान्त चौधरी र अविशेक कामतले १–१ गोल गरे भने अरनिकोका निकेश खतिवाडाले १ गोल फर्काए ।
दोस्रो खेलमा होली चायल्ड कलेजले विकेभिएम कलेजलाई ३–० को गोल अन्तरले पारजित गरेको छ । होली चायल्डको जितमा प्लेयर अफ द म्याच शिव राईले २ गोल र जेनिस धिमालले १ गोल गरे ।
तेस्रो खेलमा कोशी मोडेल कलेजले नेशनल एकेडेमिलाई ५–२ को गोल अन्तरले पारजित गरेको छ । कोशी मोडेलको जितमा प्लेयर अफ द म्याच करण चौधरीले २ गोल तथा आर्यन भण्डारी, विवेक उराँव र अविशेक चौधरीले १–१ गोल गरे ।
