क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लबले अल-तावान एफसीमाथि साँघुरो जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा अल-नासरले अल-तावानलाई १-० ले पराजित गरेको हो । अल-तावानको खेलाडीले आत्मघाती गोल गर्दा अल-नासरले महत्त्वपूर्ण ३ अंक जोडेको हो ।
अल अवाल पार्क स्टेडियममा भएको खेलको ४५औं मिनेटमा अल-तावानका मोहम्मद अल दोसारीले आत्मघाती गोल गर्दा अल-नासरले अग्रता लिएको थियो । त्यही गोल अल-नासरको जितमा निर्णायक बन्यो ।
जितपछि अल-नासर १७ खेलबाट ४० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको अल-हिलालको समान खेलबाट ४५ अंक छ ।
पराजित अल-तावान भने समान खेलबाट ३५ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ ।
