नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा खेलमा इन्ट्रा पथरी एघार, मोरङलाई १-० ले पराजित गर्दै लेटाङले अन्तिम चारमा स्थान बनाएको हो ।

लेटाङलाई जित दिलाउन रुपेश तामाङले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको १७औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच लेटाङका अभिषेक लिम्बु घोषित भए । उनले नगद रु १,५८२ सहित मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबार शतिसाले फुटबल क्लब, मोरङ र बेलबारी फुटबल क्लब, मोरङबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

जनज्योति क्लब, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगितामा मोरङ र सुनसरी गरी ८ वटा टिम सहभागिता छ । प्रतियोगिताको संयोजकको रुपमा नेपाल मगर संघ र नक्सलबारी फुटबल क्लब रहेका छन् भने सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *