क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर साउदी प्रो लिगमा पराजित भएको छ । सोमबार राति भएको खेलमा अल नासर शीर्ष स्थानको अल हिलालसँग ३-१ ले पराजित भएको हो ।

अल हिलालको घरेलु मैदानमा भएको खेलमा अग्रता भने अल नासरले लिएको थियो । क्रिस्टियानो रोनाल्डोले ४२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दौ अल नासरलाई अग्रता दिलाएका थिए ।

तर, ५७ औं मिनेटमा अल हिलालका लागि सालेम अल–दावसारीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ६०औं मिनेटमा नावफ अल अक्विदीले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भयो । 

खेलको ८१औं मिनेट मोहम्मद कान्नोले अल हिलालका लागि दोस्रो गोल गरे । रुबेन नेभेसले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै अल हिलाल सहज जित दिलाए ।

जितसँगै हिलाल लिग तालिकाको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ । अल हिलालले १४ खेलमा ३८ अंक जोडेको छ । समान १४ खेल खेलेको अल नासर ३१ अंकका साथ दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *