इबीए र न्युटन क्वाटरफाइनलमा

२०८२, २७ मंसिर शुक्रबार १७:५४

इडेन ब्रिज एकेडेमी (इबीए) र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इबीएले फेरिल्यान्डलाई ३०-२१ ले पराजित गर्‍यो । इबीएको जितमा दिगविजय पुरीले १३ अंक योगदान गरे । दिवस मगरको १६ अंक सहयोगमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३१-२२ ले हरायो ।

भंगालस्थित भ्याली पब्लिकको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै ग्रिनफिल्ड नेसनल स्कुलले सेबलाई १९-१६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

सिनियर ब्वाइजमा जेबी स्कुलले हेराल्डलाई ३१-२६, टीआईएले किङडमलाई ४३-३५ र जिनियस वल्र्डले डा. मेमोरियललाई ५३-३८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । जेबीका नरेश बोहराले १५, टीआईएका रोशन नगरकोटीले २२ र जिनियसका राजीवले १८ स्कोर गरे ।

सिनियर गल्र्समा न्युटनले जेबीलाई २९-१८, साम्तेनले सेबलाई २५-१३ र केभीकेएसएसले हिमशिलालाई २९-१२ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे । न्युटनकी इरिनी राणाले ११, साम्तेनकी अनुषा तामाङले ७ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *