काठमाडौं । त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ।

नेपाल बास्केटबल संघको आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित गर्यो ।

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग ९एचजेबीएल० को छनोटका रुपमा रहेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताबाट ४ टोली लिगका छनोट हुने प्रावधान थियो ।

आर्मी र सोलोसंगै सेमिफाइनल पुगेका रोयल स्पोर्ट्स सेन्ट्रल र प्लेबक्स एरेना लिगको दोश्रो सिजनका लागि छनोट भए ।

छनोट भएका ४ टोली र एचजेबीएलको पहिलो संस्करणमा शीर्ष चार स्थानमा रहेका क्रमशः साविक विजेता टाइम्स, उपविजेता गोल्डेनगेट, हाउन्ड्स र भएको कीर्तिपुरले दोश्रो संस्करणमा सहभागिता जनाउने छन् ।

एचजेबीएलको दोस्रो संस्करण आगामी मार्चमा आयोजना गर्ने तयारी रहेको नेपाल बास्केटबल संङका अध्यक्ष भिम सिंह गुरुङले जनाएका छन् । ‘यसअघि बास्केटबल लिग गर्यौँ । यसपटक लिगका लागि छनोट नै गर्यौैँ । अब छनोट भएका चार टोली र यसअघि एचजेबीएलका शीर्ष ४ टोलीसहित ८ टोलीले लिग खेल्ने छन् ।’ अध्यक्ष गुरुङले भने– ‘दक्षिण एसियामै पहिलो पटक नेबाले लिगको क्वालिफायर आयोजना गरेका हो ।’

विजेतालाई अध्यक्ष गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *