विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलको आयोजनामा तेस्रो डिपिएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर विद्यालय फुटबल रनिङ कप २०८२ आजदेखि सुरु भएको छ ।

बुधबार दिल्ली पब्लिक स्कुलको खेल मैदानमा भएको उद्धघाटन खेलमा झापाको निधी सेकेन्डरी स्कुलले र सुनसरीको आराम्भ विद्या मन्दिर स्कुललाई १—० ले पराजित गरेको छ ।

खेलको दोस्रो हाफको १५औं मिनटमा समिप चौधरीबाट आत्मघाती गोल हुँदा निदी सेकेण्डरीले निर्णायक अग्रता बनायो । त्यसपछि दुबै टोलीले अवसर सिर्जना गरेपनि थप गोल हुन सकेन ।

जितसँगै निधी सेकेन्डरी स्कुल प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच निधी सेकेन्डरी स्कुलका प्रजवल बाह्रकोटी भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल हुनेछन् । पुष ७ गते सम्म चल्ने प्रतियोगितामा भारतको एक विद्यालय सहित झापा सुनसरी र मोरङका १० वटा विद्यालयले प्रतियोगितमा सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमलाई ट्रफि, पदक, प्रमाणपत्र सहित नगद समेत प्रदान गरिने प्रतियोगिताको खेल संयोजक सुमित डंगोलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *