काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सहज जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

जितसँगै महिलातर्फ समूह ‘ए’ मा आर्मीले लागतार दोस्रो जित दर्ता गरेको छ । आर्मीले यसअघि एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो । यता, चुलीले लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि चुली पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।

आर्मीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–९ ले जित्यो । खेलको प्लेयर अफ दि म्याच आर्मीकी सुनिता राई घोषित भईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *