काठमाडौँ । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आइतबार पनि चार खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो खेलमा महिलातर्फ समूह ए को खेलमा चुली युवा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी दोस्रो जितको खोजिमा हुँदा चुली पहिलो जित लक्ष्यमा छ । यो खेल बिहान १० बजेबाट सुरु हुनेछ ।
यस्तै, महिलातर्फकै समूह बी को खेलमा सुदूरपश्चिम प्रदेशले अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ। यो खेल १२ बजेबाट सुरु हुनेछ । एपीएफले आफ्नो पहिलो खेलमा मधेस प्रदेशलाई पराजित गरेको थियो भने सुदूर पहिलो खेलमा पुलिससँग पराजित भएको थियो ।
पुरुषतर्फ समूह ए को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले मनिकुन्ड भलिबल क्बलसँग खेल्नेछ । यो दिँसो २ बजेबाट सुरु हुनेछ । हेल्प नेपाल दोस्रो खेल खेल्दै छ धने मनिकुन्ड पहिलो खेल खेल्दै छ ।
अर्को खेलमा पुलिसले खाल्जी युवा क्लबसँग दिउँसो ४ बजे खेल्नेछ । पुलिसले पहिलो खेलमा ढोरपाटन स्पोर्टस क्लबलाई पराजित गरेको थियो भने खाल्जीले पहिलो खेल खेल्दैछ । समूह बी मा पुलिस ३ अंकसहित शीर्ष स्थानमा छ ।
