मोरङको ग्रामथान-६ स्थित भरचोलगढीमा जारी तेस्रो मन्जिल स्मृति रानिगढी रनिङ कप फुटबल प्रतियोगितामा ब्ल्याक डायमण्ड एफसी ग्रामथान फाइनलमा प्रवेश गरेको छ ।

भरचोल खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा पिके एफसी बाहुनीलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक डायमण्ड उपाधि नजिक पुगेको हो ।

ब्ल्याक डायमण्ड एफसीको जितमा हरि खवास र सिजल राईले समान १-१ गोल गरे । पिके एफसीका लागि एक मात्र गोल गोबिन लिम्बूले गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका ब्ल्याक डायमण्ड एफसीका हरि खवास घोषित भए । उनले नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ब्ल्याक डायमण्ड एफसीले उपाधिका लागि आयोजक मन्जिल रानीगढी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आयोजकले बुधबार भएको पहिलो सेमिफाइनलमा खुकुरी एफसीलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

मन्जिल रानिगढी क्लबको आयोजनामा जारी प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज २६ गते सोमबार हुनेछ ।

क्लबका अध्यक्ष कृष्ण कुमार मण्डलका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *