काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होभ एल्बियनले स्टामफोर्ड ब्रिजमा १० खेलाडीमा सीमित चेल्सीलाई ३-१ ले पराजित गरेको छ ।

दोस्रो हाफको इन्जुरी समयमा म्याक्सिम डे क्युपर र ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनलाई रोमाञ्चक जित दिलाए ।

चेल्सीले खेलको २४औं मिनेटमा एन्जो फर्नान्डेजको हेडर गोलमार्फत अग्रता लिएको थियो । मोइसस कैसेडोको पासमा रीस जेम्सको क्रसलाई फर्नान्डेजले गोलमा परिणत गरे ।

तर, ५३औं मिनेटमा ट्रेभोह चालोबाहले डिएगो गोमेजलाई रोक्ने क्रममा रातो कार्ड पाएपछि खेलको गति ब‌द्लियो । यो लगातार दोस्रो खेलमा चेल्सीको रातो कार्डको समस्या थियो ।

ब्राइटनले ७७औं मिनेटमा वेलबेकको हेडर गोलमार्फत बराबरी गर्यो, जुन यान्कुबा मिन्टेहको क्रसमा सम्भव भएको थियो । इन्जुरी समयको सुरुवातमा डे क्युपरले यासिन अयारीको क्रसमा हेडर गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । अन्तिममा वेलबेकले दोस्रो गोल थप्दै ब्राइटनले चेल्सीलाई ३-१ लेस्तब्ध बनायो ।

ब्राइटन ८ अंक सहित अंक तालिकाको दशौं स्थानमा रहेको छ । उसले २ खेलमा जित, २ मा हार र २ मा बराबरी नतिजा निकालेको छ ।

चेल्सीको यो दोस्रो हार हो । उसले २ खेलमा हार र समान खेलमा बराबरी नतिजा निकालेको छ । चेल्सी ८ अंक सहित गोल अन्तरको आधारमा लिगको आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *