काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्थाका रूपमा सेप्टेम्बर २३ देखि २६ सम्म चार दिनसम्म चलेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर) सफलतापूर्वक आयोजना गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठ, चुनिखेलस्थित रोयल स्पोट्र्स पार्कमा सम्पन्न प्रतियोगिता एसीसीए टाइटल स्पोन्सर रहेको एसीसीए प्रेजेन्ट्स बीपीसी क्रिकेट लिग २०२६ का रूपमा सञ्चालन भएको थियो ।
प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत लर्निङ पार्टनर, स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्य समूहसहित १६ टोलीले सहभागिता जनाएका थिए । कक्षाकोठा र कार्यस्थलबाहिर एसीसीएका विद्यार्थी, व्यवसायी तथा सदस्यलाई जोड्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले प्रतिस्पर्धासँगै सहकार्य, नेतृत्व, सञ्चार, नेटवर्किङ र खेलभावनालाई प्रवद्र्धन गरेको छ ।
सहभागी टोली प्रतियोगितामा सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए), ब्रिटिश प्रोफेसनल कलेज, सिड एकेडेमी, लर्निङ पार्क, ब्राइट एकेडेमी, फिनटी लर्निङ हब, शिक्षा एकेडेमी, जीएनएस अस्त्रा, स्लुगर्स र एजीके पार्टनर्सलगायत विभिन्न संस्थाका टोलीले सहभागिता जनाएका थिए । जसमध्ये केही संस्थाले एकभन्दा बढी टोलीबाट प्रतिस्पर्धा गरेका थिए ।
रोमाञ्चक प्रतिस्पर्धापछि सिड च्यालेन्जर्स प्रतियोगिताको विजेता बनेको छ । विजेता टोलीले ८०,००० नगद पुरस्कार प्राप्त गरेको छ भने सीसीए आरसीबी प्रथम उपविजेता बनी ५३,३३३ हात पारेको छ ।
त्यसैगरी, सीसीए गोर्खाज द्वितीय उपविजेता बनेको छ र रु। २६,६६६ पुरस्कार पाएको छ । तृतीय उपविजेता बीपीसी नाइट्सलाई गिफ्ट ह्याम्पर तथा लन्च र डिनर कुपन प्रदान गरिएको थियो ।
