काठमाडौं । एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामसँग दुई खेल उसैको मैदानमा खेल्ने भएको छ ।
नेपालले घरेलु मैदानमै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला खेल्नुपर्ने खेल मैदान अयोग्य भएपछि नेपालले उक्त अवसर गुमाएको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले पनि नेपालले ‘होम एन्ड अवे’ दुवै खेल भियतनाममा हुने पुष्टी गरिसकेको छ । एएफसीका अनुसार नेपालले ‘होम गेम’ हो ची मिन्ह सिटीको थों न्हाट रंगशालामा १४ अक्टोबरमा खेल्नेछ । त्यसअघि नेपालले अक्टोबर ९ मा बिन ढुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ ।
