काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्यतमा अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा शानदार जित हासिल गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा अर्जेन्टिनाको जितमा मेस्सीसँगै एक गोल लाउतारो मार्टिनेजले गरेका थिए ।

यो जितपछि अर्जेन्टिनाको १७ खेलबा ३८ अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले आफ्नो अन्तिम खेल सेप्टेम्बर ९ मा इक्वेडरसँग खेल्ने तालिका छ ।

पराजित भेनेजुएलाको भने १७ खेलबा १८ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *